Section 13
आयोगको बैठक र निर्णय
(१) संविधान तथा प्रचलित कानून बमोजिम आयोगले गर्नु पर्ने सबै काम प्रमुख निर्वाचन आयुक्त मात्र रहेको अवस्थामा निजबाट र अन्य आयुक्त समेत रहेको अवस्थामा निजहरुको बैठक बसी निर्णय भए बमोजिम हुनेछ ।
(२) आयोगको बैठकको अध्यक्षता प्रमुख निर्वाचन आयुक्तले गर्नेछ ।
(३) आयोगको बैठक आवश्यकता अनुसार प्रमुख निर्वाचन आयुक्तले बोलाएको समयमा बस्नेछ।
(४) आयोगको निर्णयको अभिलेख आयोगको सचिवले प्रमाणित गरी रीतपूर्वक राख्नुपर्नेछ ।
(५) आयोगको बैठक सम्बन्धी कार्यविधि आयोगले निर्धारण गरे बमोजिम हुनेछ ।